बैङ्क अफ काठमाण्डूद्वारा नयाँ बचत खाता सार्वजनिक, खातामा उत्कृष्ट बैंकिङ्ग सेवा,सुबिधाको साथमा उच्चतम ब्याजदरको व्यवस्था

`

     २०७८ पौष ३० गते १:४८

काठमाडौँ, ३० पौष । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सेवा, सुबिधा तथा उच्चतम् लाभ प्रदान गर्ने उद्देश्यले BOK Smart Savings Account  सार्वजनिक गरेको छ ।

“कारोबार अब अझ फटाफट” भन्ने मुलनाराका साथ बैंकिङ्ग सेवाहरुमा थुप्रै छुटहरुको साथमा उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले बचत खाता संचालनमा ल्याएको छ । उक्त बचत खाता अनलाइनको माध्यमबाट पनि खाता खोल्न सकिने छ ।

यस बचत खाता खोल्दा ६.५५५ वार्षिक ब्याजदर सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा, BOK e-com dollar card  जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य बैंकिङ्ग सेवाहरुमा छुटको फाइदा लिन सकिने छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले हालसम्म ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?