काठमाडौँ, २७ पौष । मंगलबार नेप्सेले ४९.१९ अंकले बढेको छ ।
आजको वृद्धिसँगै परिसूचक २८३४ अंकमा पुगेको हो । कारोबार रकम भने केही खुम्चिएर आज ६ अर्ब ७२ करोडमा खुम्चिएको छ ।
कुल १७० कम्पनीको मूल्य बढ्यो भने १९ कम्पनीको घटेको छ । उपसमूहगत रुपमा हेर्दा उत्पादन ३१ अंकले घट्यो भने अरु सबै बढेका छन् । बैंकिङ ३, विकास बैंक १७१, फाइनान्स १४९, होटल तथा पर्यटन १०७, जलविद्युत ६५, जीवन बीमा ५९७, माइक्रोफाइनान्स २०६, निर्जीवन बीमा ३३६, व्यापार ४० र अन्य उपसमूह २७ अंकले बढे ।
७ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट, मध्यभोटेकोसी जलविद्युत, सिभिल लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो ।
माउन्टेन इनर्जीको मूल्य सबैभन्दा धेरै ३.५ प्रतिशतले घट्यो ।




