काठमाडौँ, २६ पौष । सोमबार पनि सेयर बजारको परिसूचक नेप्से उकालो लागेको छ ।
साताको दोस्रो दिन नेप्से सोमबार भने १९.४३ अंकले बढेसँगै परिसूचक २७८४ अंकमा पुगेको छ ।
आज दिनभर ७ अर्ब १२ करोड रुपैयाँको कारोबार भयो ।
उपसमूहगत रुपमा हेर्दा यस दिन बैंकिङ १५, होटल तथा पर्यटन ३७ र उत्पादन ४७ अंकले घटे । विकास बैंक ३७, फाइनान्स ७८, जलविद्युत ४०, जीवन बीमा २१८, माइक्रोफाइनान्स १२, निर्जीवन बीमा १९०, अन्य ११३ र ब्यापार उपसमूह ५७ अंकले बढेका छन् ।
मध्यभोटेकोसी, युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले बढेको छ ।
कुल ७० कम्पनीको सेयर मूल्य घट्यो भने १११ को बढ्यो । ९ कम्पनीको मूल्य स्थिर रह्यो ।



