काठमाडौँ, २५ पौष । गैरआवासीय नेपाली लगानीकर्ता तथा विदेशी साझेदारहरू संलग्न बहुराष्ट्रिय कम्पनी ‘आइडिया फर वर्ल्ड’ ले आइतबार एक कार्यक्रमको आयोजना गर्दै १० वर्षमा १० लाखलाई उद्यमी बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । सो संस्थाका अध्यक्ष गोकर्ण श्रेष्ठले आइडिया फर वल्र्डको विभिन्न परियोजनामध्ये आइडिया पार्किङ, आइडिया रियल स्टेट र आउँदै गरेको आइडिया बैंकलगायतका व्यवसायबाट उद्यमी बनाउने सम्भव रहेको दावी गरे ।
आइडियाले पार्किङ परियोजनाका लागि नेपाल, भारत, बंगलादेशदेखि यूरोपका सम्पूर्ण देश, अमेरिका, अफ्रिकालगायत ६० भन्दा बढी देशमा सम्बन्धन लिएको छ ।
संस्थाका मार्केटिङ डाइरेक्टर हिराधन राईका अनुसार करिब ५ वर्षदेखि नेपालमा समेत आइडिया फर वल्र्डको एशोसिएटेड संस्था ‘आइडिया फर नेपाल’ लगायतको अगुवाइमा कृषि, घरजग्गा, पर्यटन, प्रविधि लगायतको क्षेत्रमा लगानी गरी परियोजना सञ्चालन गरिरहेको छ ।
गैरआवासीय नेपाली लगानीकर्ता तथा विदेशी साझेदारहरू संलग्न बहुराष्ट्रिय कम्पनी ‘आइडिया फर वर्ल्ड’ ले १० वर्षभित्र १० लाखलाई उद्यमी बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । आइडिया फर वल्र्डले आइतबार एक कार्यक्रमको आयोजना गरी सो योजना सार्वजनिक गरेको हो । सो संस्थाका अध्यक्ष गोकर्ण श्रेष्ठले आइडिया फर वल्र्डको विभिन्न परियोजनामध्ये आइडिया पार्किङ, आइडिया रियल स्टेट र आउँदै गरेको आइडिया बैंकलगायतका व्यवसायबाट उद्यमी बनाउने सम्भव रहेको दावी गरे । आइडियाले पार्किङ परियोजनाका लागि नेपाल, भारत, बंगलादेशदेखि यूरोपका सम्पूर्ण देश, अमेरिका, अफ्रिकालगायत ६० भन्दा बढी देशमा सम्बन्धन लिएको छ ।
संस्थाका मार्केटिङ डाइरेक्टर हिराधन राईका अनुसार करिब ५ वर्षदेखि नेपालमा समेत आइडिया फर वल्र्डको एशोसिएटेड संस्था ‘आइडिया फर नेपाल’ लगायतको अगुवाइमा कृषि, घरजग्गा, पर्यटन, प्रविधि लगायतको क्षेत्रमा लगानी गरी परियोजना सञ्चालन गरिरहेको छ ।
संस्थाले चितवनको माडीमा ४० बिगाहा क्षेत्रफलमा फलफूल र माछापालनको व्यावसाय गर्दै आएको छ । साथै काठमाडौं, बुटवल, नेपालगञ्ज, पोखरालगायतको क्षेत्रमा स्मार्ट सिटी निर्माणका अवधारणासहित आवास निर्माण गर्ने परियोजनामा समेत काम गर्दै छ । काठमाडौं टावर, मुक्तिनाथ केबलकार, सोलर फार्म लगायतका परियोजनाहरुको समेत यो संस्थाको साझेदारी छ ।
बेलायतबाट सुरु गरिएको दुई डलर लगानीमा घरको मालिक बन्न सक्ने परियोजना पनि ल्याएको श्रेष्ठले बताए । परियोजनाअन्तर्गत प्रत्येक दिन दुई डलरको लगानीमा कम्पनीको सेयरधनी हुन सकिने र कम्पनीको प्रोपर्टीको स्वामित्व लिन सकिनेछ ।
विश्वका ८० भन्दा बढी देशमा विभिन्न व्यावसाय गरिरहेको आइडिया ग्रुपले आइडिया बैंक सञ्चालनका लागि लाइसेन्स प्रक्रिया पनि सुरू गरेको जनाएको छ ।




