काठमाडौँ, २४ पौष । त्रिभुवन आर्मी फुटबल क्लबले शनिबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) लाई १:० ले पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दिनेश हेन्जनको गोल नै निर्णयक गोल बन्न पुग्यो । दिनेश जगजित श्रेष्ठको क्रसमा १७औं मिनेटमा बक्सको लाइनबाट डाइभिङ हेडर गोल गरेका थिए ।
जितसँगै आठ खेलबाट १४ अंक जोडेको आर्मी चौथो स्थानमा यथावत् छ । आठ खेलबाट १० अंक जोडेको एनआरटी सातौं स्थानमा छ । आइतबार लिगमा एक मात्रै खेल हुनेछ ।




