काठमाडौँ, २२ पौष । प्रधानमन्त्री कप क्रिकेट टी–२० फरम्याटमा हुने भएको छ ।
यसअघि ५० ओभर फरम्याटमा सञ्चालन हुँदै आएको प्रधानमन्त्री कप नेपाली क्रिकेट टिमको टी–२० ग्लोबल क्वालिफायरलाई मध्यनजर राखेर टी–२० फरम्याटमा खेलाउन लागिएको हो ।
राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगिताको बिहीबार खेलतालिका सार्वजनिक गरिएको छ ।
१० टीम सहभागी प्रतियोगितामा ५–५ टीमको दुई समूह बनाइएको छ ।
पुस २६ गते सुरु भई माघ ५ गते सकिने प्रतियोगितामा कीर्तिपुर मैदान र मूलपानी मैदान गरी दिनमा दुई खेल हुनेछन् ।




