लियोनेल मेसी कोरोना सङ्क्रमणबाट मुक्त

`

     २०७८ पौष २२ गते ७:००

काठमाडौँ, २२ पौष । लियोनेल मेसी कोरोना संक्रमणबाट मुक्त भएको छ ।

कोरोना संक्रमण भएका मेसीको पिसिआर रिपोर्ट निगेटिभ आएको छ । पिएसजीले मेसीको परिक्षण निगेटिभ आएको जानकारी दिदै उनी अहिले पेरिस आएको र छिट्टै टिममा फर्किने जानकारी दिएको छ ।

फ्रेन्च कपको राउण्ड ३२ को खेल अघि मेसीसहित पिएसजीका जुआन बर्नाट, सर्जियो रिको र नाथन बिटुमाजालालाई कोरोना पोजेटिभ देखिएको थियो ।

पिएसजीले अब जनवरी ९ राति लिग वान अन्तर्गत लियोनविरुद्ध खेल्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?