राष्ट्र बैङ्कको निर्देशन:- १० प्रतिशतभन्दा बढी क्रसहोल्डिङ भएका लघुवित्तलाई मर्जर गर्नु

`

     २०७८ पौष १९ गते १२:१७

काठमाडौँ, १९ पौष । बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढि क्रसहोल्डिङ भएका लघुवित्त वित्तीय संस्थाहरू अनिवार्य रुपमा मर्जरमा जानुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको १० प्रतिशतभन्दा बढी दोहोरो लगानी भएमा अनिवार्य मर्जरमा जानु निर्देशन दिएको हो ।

यसैगरी बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका संस्थाहरु पनि मर्जरमा जानुपर्ने प्रावधान तोकिएको छ । मर्जरमा जानका लागि असार मसान्तसम्ममा राष्ट्र बैंकमा कार्ययोजना पेस गर्नसमेत निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?