नेप्सेमा ३२ अङ्कको वृद्धि, आजको वृद्धिसँगै नेप्से २६१६ अङ्कमा

`

     २०७८ पौष १९ गते ९:४०

काठमाडौँ, १९ पौष । सोमबार नेप्से ३२ अंकले बढेको छ । आजको वृद्धिसँगै नेप्से २६१६ अंकमा पुगेको हो । सोमबार ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ ।

उत्पादनबाहेकका उपसमूहहरु बढेका छन् । उत्पादन उपसमूह २ अंकले घट्यो । बैंकिङ २५, विकास बैंक ७३, फाइनान्स ४२, होटल तथा पर्यटन २३, जलविद्युत १०, लगानी १, जीवन बीमा ९३, माइक्रोफाइनान्स १४५, निर्जीवन बीमा ६१, अन्य ३ र ब्यापार उपसमूह १८६ अंकले बढे ।

कुल १४९ कम्पनीको मूल्य बढ्यो भने ४१ को घटेको छ । मध्यभोटेकोसी जलविद्युतको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७७ रुपैयाँ १० पैसा पुगेको छ । गुराँस लघुवित्तको ९.४, एनआइसी एसिया लघुवित्तको ८.३, साल्ट ट्रेडिङको ८.१ र फर्स्ट माइक्रोफाइनान्सको ७.८ प्रतिशतले मूल्य बढ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?