नेप्सेमा ६० अङ्कको वृद्धि

`

     २०७८ पौष १८ गते ११:१७

काठमाडौँ, १८ पौष । आइतबार नेप्से परिसूचक ६०.४१ अंकले बढेर छ । आजको वृद्धिसँगै नेप्से २५८४.९१ विन्दूमा पुगेको छ।

आज १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक बढेको छ।

उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै ५.८ प्रतिशत बढेको छ। त्यस्तै निर्जीवन बीमा उपसमूहको परिसूचक ३.५४ प्रतिशत बढेको छ भने विकास बैंकको ३.४२ प्रतिशतले बढेको छ।

त्यस्तै लगानी, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ भने बैंकिङ, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार दिनभरीमा २४० कम्पनीको ७१ लाख ६० हजार सेयर किनबेच हुँदा जम्मा ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँ कारोबार भएको छ।

त्यसैगरी हिमालय डिष्टिलरीका सेयर मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ। त्यस्तै मध्य भोटेकोशीको सेयर मूल्य ९.९७ प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्सको ९.२९ प्रतिशत बढेको छ।

गोर्खाज फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै ५.१२ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?