धितो पत्र बोर्ड अध्यक्षविहीन हुँदा २८ वटा कम्पनीको आइपिओ रोक्का

`

     २०७८ पौष १७ गते ९:३१

काठमाडौँ, १७ पौष । विभिन्न क्षेत्रका २८ वटा कम्पनी साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन् ।

बोर्डमा अनुमति मागे पनि कुनै कम्पनीले पछिल्लो समय अनुमति पाएका छैनन् । धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा आईपीओ निष्कासनको पाएको छैन ।

बोर्डमा १८ वटा जलविद्युत कम्पनी, ६ वटा लघुवित्त कम्पनी, २ वटा बीमा कम्पनी र २ वटा अन्य कम्पनीले अनुमति मागेका छन् । तर, सरकारले तात्कालिक अध्यक्ष भीष्मराज ढुंगानालाई असोज १९ गते बर्खास्त गरेपछि बोर्ड नेतृत्वविहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?