नेप्से ५.५१ अङ्कले उकालो लाग्यो, मध्य भोटेकोसी र नेपाल बङ्गलादेश बैङ्कको शेयर बढी बढ्नेमा

`

     २०७८ पौष १४ गते १०:५३

काठमाडौँ, १४ पौष । शेयर बजार परिसूचक नेप्से आज ५.५१ अंकले बढेर बन्द भएको छ । बुधबार कारोबार भएका १३ उपसमूहमध्ये ८ समूहमा हरियाली छाएको थियो ।

बुधबार २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा ९१ कम्पनीको शेयर मूल्य बढ्यो भने ८७ कम्पनीको मूल्य घट्न पुग्यो । यस्तै १२ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।

बुधबार मध्य भोटेकोशी र नेपाल बंगलादेश बैंकको शेयर मूल्यमा ९ प्रतिशत बढीले बढ्यो भने प्रिमियर इन्स्योरेन्स र राष्ट्रिय बिमा कम्पनीका शेयर धनीले बजारबाट ५ प्रतिशत भन्दा बढीले आम्दानी गरे । नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइन्यान्सका लागानीकर्ताले बजारबाट धेरै गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?