काठमाडौँ, ९ पौष । बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपाली टोलीले लगातार दोस्रो जित निकालेको छ ।
आज भएको खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो । एकपक्षीय जस्तै बनेको खेलमा साविक विजेता नेपालले माल्दिभ्सलाई २५-११, २५-९, २५-५ सेटमा हरायो ।
यो जितसंगै नेपाल ५ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३-२ को सेटमा जित हात पारेको थियो ।
नेपालले आफ्नो तेस्रो खेल शनिवार घरेलु टोली बंगलादेशसँग खेल्नेछ




