नेपाली महिला भलिबल टिमद्वारा श्रीलङ्का पराजित

`

     २०७८ पौष ०८ गते ८:३६

काठमाडौँ, ८ पौष । एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले विजथयी सुरुवात गरेको छ।

साविक विजेता नेपालले बिहीबार भएको खेलमा श्रीलंकालाई ३-२ को सेटमा पराजित गरेको हो।

नेपालले सुरूवाती दुई सेट गुमाउनुका बावजुद उत्कृष्ट पुनरागमन गर्दै उत्कृष्ट जित हात पारेको हो।

पहिलो सेट र दोस्रो सेट श्रीलंकाले २५-१९ र २५-२१ ले नेपालला ई हराएको थियो।

तेस्रो सेटमा नेपाल २५-१५ ले विजयी हुँदा चौथो खेलमा २५-१९ को जित निकाल्दै खेललाई बराबरीमा ल्यायो।

निर्णायक पाँचौ सेटमा नेपाल १५-१३ ले विजयी भयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?