नेप्से ९२.१६ अङ्कले उकालो लागेर २५०७ अङ्कमा, सबै उपसमूह हरियाली

`

     २०७८ पौष ०७ गते ९:५९

काठमाडौँ, ७ पौष । सेयर बजारको परिसूचक नेप्से उकालो लागेको छ । बुधबार नेप्सेले ९२.१६ अंकको छलाङ मारेसँगै २५०७ अंकमा पुगेको हो ।

सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ ३७, ब्यापार २०२, होटल तथा पर्यटन १०३, विकास बैंक २३०, जलविद्युत १६२, फाइनान्स ७४, निर्जीवन बीमा ४८७, उत्पादन ४५२, अन्य ६४, माइक्रोफाइनान्स १८२ र जीवन बीमा उपसमूह ५०२ अंकले बढेका छन् ।

१८६ कम्पनीको सेयर मूल्य बढ्यो भने २ कम्पनीको मात्रै घट्यो । एउटा कम्पनीको मूल्य स्थिर रह्यो । ४ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । अरुणभ्याली हाइड्रो, बरुण, माथिल्लो तामाकोसी, शिवम् सिमेन्टको मूल्य १० प्रतिशतले बढेको हो । स्वाभिमान लघुवित्त, सगरमाथा इन्स्योरेन्सको मूल्य ९.९ प्रतिशतले बढेको छ । धेरै कारोबारका आधारमा हिमालयन डिस्टिलरी अगाडि रह्यो ।

सरकारले स्थानीय तहको ८० प्रतिशत रकम बैंकमा निक्षेपका रुपमा जम्मा गर्न पाउने व्यवस्था गरेको छ । त्यस्तै राष्ट्र बैंकले आयातित बस्तुको एलसी खोल्दा नै बस्तुको प्रकृतिअनुसार शत प्रतिशतसम्म बैंकमा नगद जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । यसले गर्दा तरलतामा केही सहजता हुने अनुमानका बीच सेयर बजार बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?