कानुन व्यवसायीहरूको सर्वोच्च अदालतदेखि बानेश्वरसम्म प्रदर्शन, प्रधानन्यायाधीशको राजीनामा माग

`

     २०७८ पौष ०७ गते ९:३३

काठमाडौँ, ७ पौष । कानुन व्यवसायीहरुले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् । नेपाल बार एशोसिएसन दिवसका अवसरमा उनीहरुले सर्वोच्च अदालतदेखि नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा कानुन व्यवसायीहरुले विवादित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा समेत मागेका छन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला अदालत बार एशोसिएसन लगायतको सहभागितामा भएको प्रदर्शनपछि बानेश्वर ब्याङ्केटमा विचार गोष्ठी सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?