मङ्गलवार नेप्से ५६.७३ अङ्कले बढ्यो, साढे ३ अर्बको कारोबार

`

     २०७८ पौष ०६ गते १०:०४

काठमाडौँ, ६ पौष । आज नेप्से सूचक ५६.७३ अंकले बढेर २४१५.५५ विन्दुमा पुगेको छ । त्यस्तै मंगलबार सेन्सेटिभ सूचक पनि ११.३४ अंकले बढेको छ ।

आज ३ अर्ब ३८ करोड ३२ दाख ५९ हजार ८४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज तीन कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ । ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने जानकी फाइनान्सको ९.८१ प्रतिशत, रसुवागढि हाइड्रोपावरको ९.२१ प्रतिशत र घलेम्दी हाइड्रोपावरको शेयरमूल्य ८.२६ प्रतिशतले बढेको छ।

त्यस्तै गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.८९ प्रतिशतले घटेको छ भने तेह्रथुम पावरको ३.२६ प्रतिशत, मैलुङ खोला जलविद्युतको १.९९ प्रतिशत र सामलिङ्ग पावरको ०.४२ प्रतिशतले घटेको छ ।

त्यसैगरी आज हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नविल बैंकको १४ करोड १८ लाख, नेपाल दूरसञ्चार कम्पनीको १० करोड ३९ लाख, मञ्जुश्री फाइनान्सको ७ करोड ५५ लाख र एनएमबि बैंकको ६ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?