नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारद्वारा सम्मान

`

     २०७८ पौष ०६ गते ६:२०

काठमाडौँ, ६ पौष । पहिलोपटक साफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले नगदसहित सम्मान गरेको छ ।

मंगलबार बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले साफका २३ सदस्यीय नेपाली टोली र अफिसियललाई सम्मान गरेका हुन् ।

साफको इतिहासमा २८ वर्षपछि पहिलोपटक फाइनल पुगेसँगै नेपाल सरकारले खेलाडीलाई जनही ५ लाख दिने घोषणा गरेको थियो । सरकारले पूर्व घोषणाअनुसार नै प्रधानमन्त्री कार्यलयमा खेलाडी, प्रशिक्षक र अफिसियललाई क्रमशः ५ लाख र ३ लाख रुपैयाँ दिएको हो ।

मादिल्भ्सको राजधानी मालेमा भएको फाइनल खेलमा नेपाल चिरपरिचित भारतसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?