काठमाडौँ, ४ पौष । बंगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल.र भारत भिड्दै छ ।
जारी प्रतियोगिताको अन्तिम लिगमा आज नेपाल र भारत दिउँसो पौने ३ बजे ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा खेल्ने तालिका रहेको छ ।
नेपालले भारतसँग जितेमा वा बराबरी मात्र खेले पनि फाइनलमा पुग्ने छ भने भारत लाइ फाइनल पुग्न जित्नै पर्ने छ ।
अहिलेसम्म नेपालले ३ खेल खेलेर ७ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ भने समान अंक भएर पनि गोलअन्तरमा बंगलादेश दोस्रो स्थानमा छ । भारत भने २ खेलमा जित र १ खेलमा हार खाएर ६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।




