नेपाल आज भूटानविरुद्धन उत्रिँदै, फाइनल प्रवेशको सम्भावना बलियो बनाउन जित्नै पर्ने

`

     २०७८ पौष ०२ गते ८:०५

काठमाडौँ, २ पौष । १९ वर्षमुनि ९यू–१९०को महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भूटानसँग सामना गर्ने भएको छ ।

सो खेल बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा साँझ ६:४५ बजे हुनेछ ।

भूटाविरुद्धन मैदानमा उत्रँदा नेपाल फाइनल प्रवेशको सम्भावना बलियो बनाउनका लागि पनि नेपाललाई भूटानविरुद्धको खेल जित्नैपर्ने छ । जारी प्रतियोगितामा नेपाल दुई खेलमा ४ अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।

भारत दुई खेलमा जित हासिल गर्दै ६ अङ्क जोडेर शीर्ष स्थानमा छ । त्यस्तै समान दुई खेल खेलको बङ्गलादेश चार अङ्कका साथ दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?