नेप्सेमा ३७.८७ अंकको गिरावट, कारोबार रकम पनि ओरालो

`

     २०७८ पौष ०१ गते ९:३७

काठमाडौँ, १ पौष । नेप्सेमा आज पनि गिरावट आएको छ ।

साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से ३७. ८७ अंकले घटेको छ । सो अंकको कमीसँगै नेप्से २३७६ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । कुल २ अर्ब ३० करोड रुपैयाँको धितोपत्र कारोबार भयो ।

म्युचुअल फण्डबाहेक सबै उपसमूह ओरालो लागेका छन् । बैंकिङ ५, ब्यापार ६४, होटल तथा पर्यटन ४६, विकास बैंक १५७, जलविद्युत ८२, फाइनान्स ५६, निर्जीवन बीमा २६४, उत्पादन ८५, अन्य ३९, माइक्रोफाइनान्स ८१, जीवन बीमा २६३ र लगानी उपसमूह १ अंकले घटे ।

नेपाल बंगलादेश बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । अरु १७ कम्पनीको पनि मूल्य बढ्यो । १६९ कम्पनीको मूल्य घट्दा २ को स्थिर रह्यो । ग्रीनलाइफ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.५ प्रतिशतले घट्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?