बुधवार नेप्सेमा ४.२३ अङ्कको गिरावट

`

     २०७८ मंसिर २९ गते १०:१३

काठमाडौँ, २९ मंसिर । बुधबार सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ ।

नेप्से गत मंगलबार चेन ब्रेक गर्दै एकैदिन अधिकतम १३७ अंकले वृद्धि भएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ४.२३ अंकले घट्दै २४१४.६२ विन्दुमा अडिएको छ ।

यसदिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.८९ अंकले घट्दै ४५९.४१ बिन्दुमा झरेको छ । ४ अंकले घटेको बजारमा आज कुल ४ अर्ब ५८ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस दिन बैंकिङ, होटल तथा पर्यटन, माइक्रोफाइनान्स र जीवन बीमा उपसूचक बाहेक अन्य सबै उपसूचक धनात्मक भएका छन् । आज सामलिङ पावर कम्पनीका सेयर धनीहरुले अधिकतम ९.९८ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी नयाँ सारथी लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरूले ५.३४ प्रतिशतले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?