पुस १ गतेबाट १८ हजार क्विन्टल धान खरिद गरिँदै

`

     २०७८ मंसिर २९ गते ७:०४

काठमाडौँ, २९ मंसिर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले यस वर्ष १८ हजार क्विन्टल धान खरिद गर्ने भएको छ ।

कार्यालयका सूचना अधिकृत मुनिलाल कुशवाहका अनुसार केन्द्रबाट आइतबार मात्रै धान खरिदको आदेश तथा कोटा प्राप्त भएको छ । यसपटक सोना मन्सुली धानको खरिद मूल्य प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ रहेको उनले बताए । यो संघीय सरकारले नै निर्धारण गरेको समर्थन मूल्य हो ।

जिरा मसिनोको खरिद मूल्य प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गर्ने छ ।

समितिको बैठकमा कृषि ज्ञान केन्द्र र उद्योग वाणिज्य संघले हाल बजारमा रहेको मूल्यबारे आफ्नो राय दिएपछि खरिद मूल्य तय गरिनेछ । आवश्यक प्रक्रिया पूरा गरी पुस १ वा ३ गतेबाट धान खरिद सुरु गरिने कुशवाहले बताए ।

जिल्लाका किसानले हालै मात्र धान बाली भित्र्याएको र धान सुकिनसकेकाले यस वर्ष खरिदमा ढिलाइ नभएको उनको भनाइ छ । कार्यालयमा पर्सा र बाराका किसानले धान बिक्री गर्न ल्याउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?