काठमडौँ, २७ मंसिर । साताको दोस्रो दिन सेयर बजार भारी अंकले घटेको छ।
आज नेप्से परिसूचक ७९.२३ अंकले घटेर २,२८२.०१ को विन्दुमा झरेको छ। आज सबै उपसूचक रातैभएका छन्।
दिनभरीमा २३३ वटा कम्पनीको ९६ करोड ७९ लाख ७२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज सबैभन्दा धेरै नविल बैंकको १८ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
आज गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ९.४७ प्रतिशतका दरले कमाएका छन् भने स्वाभिमान लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतले गुमाएका छन्।




