काठमाडौँ, २७ मंसिर । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा सोमबार पनि स्थिर रहेर सोही मूल्य नै कायम भएको हो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार १९० रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मूल्य नै कायम भएको थियो ।




