सुनचाँदीको मुल्यमा वृद्धि

`

     २०७८ मंसिर २६ गते ६:०२

काठमाडौं, २६ मंसिर । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ सयले बढेर ९२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस अघि शुक्रबार ९२ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला ११९० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?