मनाङ लिगको शीर्ष स्थानमा

`

     २०७८ मंसिर २४ गते ९:३७

काठमाडौँ, मंसिर २४ । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार मनाङ मर्स्याङ्दीले फ्रेन्ड्सलाई २-० ले हराए संगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

आज भएको खेलमा मनाङका लागि आफिज ओलावालेले ४१औं मिनेट र दिनेश राजवंशीले ७३औं मिनेटमा गोल गरे ।

यो जितपछि मनाङको चार खेलबाट १० अंक भएको छ । फ्रेन्ड्स भने २ अंकमै सीमित रह्यो । हारपछि फ्रेन्ड्स १२औं स्थानमा झरेको छ । त्यस्तै ७ अंकसहित सातदोबाटो युथ क्लब दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?