मानव अधिकार दिवसको अवसरमा प्रधानन्यायाधीशको राजीनामा माग्दै शान्ति समाजद्वारा प्रदर्शन

`

     २०७८ मंसिर २४ गते ७:२६

काठमाडौँ, २४ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा समाजले काठमाडौंको बौद्धस्थित शान्ति स्तुपा अगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनका सहभागीहरुले ‘अनैतिक’ प्रधानन्यायाधीश स् शीघ्र राजीनामा देऊ’, ‘प्रधानन्यायाधीशले राजीनामा नदिए महाअभियोग लगाऊ’, ‘वर्तमानको आवश्यकतास् न्यायालयको शुद्धीकरण’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

कार्यक्रममा बोल्दै समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रधानन्यायाधीश राणाले लोकतन्त्रलाई धरापमा पारेको आरोप लगाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?