१ वर्षभन्दा बढी आन्दोलन पछि भारतय किसानद्वारा आन्दोलन स्थगित

`

     २०७८ मंसिर २३ गते ११:३६

काठमाडौँ, २३ मंसिर । भारतमा १ वर्षभन्दा बढी समयदेखि जारी किसान आन्दोलन बिहीबार संयुक्त किसान मोर्चाले स्थगित गरेको छ ।

भारतीय किसान युनियनका नेता जोगिन्दर उग्रहनलको अनुसार सरकारले प्रस्तावसहितको एक पत्र पठाएपछि आन्दोलन स्थगित गरिएक हुन् ।

बुधबार सरकारले किसान युनियनलाई प्रस्तावसहितको एक पत्र पठाउँदै आन्दोलन स्थगित गर्न अनुरोध गरेको थियो । उक्त पत्रमा आन्दोलनका क्रममा प्रहरीले प्रदर्शनकारीविरुद्ध दर्ता गरेका सबै मुद्दा फिर्ता हुने उल्लेख छ ।

सरकारी पत्र प्राप्त भएपछि संयुक्त किसान मोर्चाका नेताले बिहीबार बैठक बसेर आन्दोलन स्थगित गर्ने निर्णय गरेको र शनिबारदेखि किसानले प्रदर्शन स्थल खाली गर्ने भारतीय समाचार माध्यमले जनाएका छन् ।

किसान मोर्चाले डिसेम्बर ११ गते विजयसहित दिल्लीको सीमाबाट किसानहरू घर फर्किने बताएको छ । तर किसान नेता बलबीर राजेवालले आन्दोलन अन्त्य नभएको र हालका लागि स्थगित मात्रै गरिएको बताएका छन् ।

भारतमा गत नोभेम्बर २५ गतेदेखि हजारौं किसानले ३ वटा कृषि कानुन फिर्ता लिनुपर्ने पर्ने माग गर्दै आन्दोलन गरेका थिए । किसान आन्दोल चर्कँदै गएपछि यही नोभेम्बर १९ गते प्रधानमन्त्री नरेन्द्र मोदीले ३ वटा कृषि कानुन फिर्ता लिने घोषणा गरेका थिए । हाल तीनवटै कृषि कानुन संसदबाट खारेज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?