नेप्से ५.८४ अङ्कले घटेर २४४९ मा पुग्यो, २ अर्ब ६७ करोडको कारोबार

`

     २०७८ मंसिर २३ गते ९:४९

काठमाडौँ, २३ मंसिर । बिहीबार सेयर बजारको परिसूचक नेप्से ५.८४ अंकले घटेर परिसूचक २४४९ अंकमा झरेको छ ।

क वर्गका कम्पनीको सूचक सेन्सिटिभ भने एक अंकमुनि हरियो रह्यो । यस दिन २ अर्ब ६७ करोडको धितोपत्र कारोबार भएको छ ।

बैंकिङ २, ब्यापार १९, विकास बैंक २१, जलविद्युत १७, फाइनान्स १६, निर्जीवन बीमा ६०, उत्पादन २४, माइक्रोफाइनान्स २५ र जीवन बीमा उपसमूह ३४ अंकले घटे । अन्य ४ र होटल तथ पर्यटन समूह भने १८ अंकले बढे ।

कुल ७२ कम्पनीको मूल्य बढ्यो भने १०६ कम्पनीको मूल्य घट्यो । ११ कम्पनीको मूल्य भने स्थिर रह्यो । सिनर्जी पावर डेभलपमेन्टको मूल्य सबैभन्दा धेरै ४.५ प्रतिशतले बढ्यो । सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.८ प्रतिशतले घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन डिस्टलरी अग्रस्थानमा रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?