सेयर बजारप्रति अर्थमन्त्री सकारात्मक, तरलता सङ्कटलाई द्रुत गतिमा समाधान गरिने

`

     २०७८ मंसिर २३ गते ६:५८

काठमाडौँ, २३ मंसिर । अर्थमन्त्री सेयर बजारप्रति सकारात्मक रहेको अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लहाकार सुरेन्द्र उप्रेतीले बताएका छन् ।

सेयर बजार घट्दै गएपछि लगानीकर्ताका संगठनहरु एकजुट भइ पुँजी बजारप्रति नकारात्मक दल र नेतालाई आउने चुनावमा ुनो भोटु अभियानमा लागे सँगै अर्थमन्त्री सेयर बजारप्रति सकारात्मक दखिएको छ ।

आर्थिक सल्लहाकार सुरेन्द्र उप्रेती भन्छन्,‘अर्थमन्त्रीज्यू जहिले पनि सेयर बजार प्रति सकारात्मक हुनुहुन्छ । सेयर बजारको विकास र स्थायित्वको लागि उहाँ सक्रिय रुपमा लागिरहनु भएको छ । बजारमा हल्ला गरीए जस्तो अर्थमन्त्रालय सेयर बजार प्रति नकारात्मक छैन । अर्थमन्त्रीज्यूले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायतका सरोकारवाला निकायहरुसंग जहिले पनि सेयर बजार किन घटिरहेको छ भनेर चासो राख्नुभएको छ । अहिलेको घट्दो सेयर बजारप्रति उहाँ निकै चिन्तित हुनुहुन्छ । तपाई मार्फत आम लगानीकर्ताहरुलाई म के जानकारी दिन चाहन्छु भने लगानीकर्ताहरुको मागको बारेमा अर्थमन्त्रालय जानकार छ र त्यस विषयमा गम्भीर छलफल पनि भैरहेको छ । केहि दिनभित्रमा ठोस कुरा आउँनेछ ।’

अर्थमन्त्रीले अहिलेको सेयर बजारलाई हावा भरिएको बेलुनको रुपमा तुलना गरेपछि बजार झन् घटेको प्रश्नमा उनले अर्थमन्त्रीले त्यस्तो भन्न नखोजेको र उहाँको धारणालाइ मिडियाहरुले गलत व्याख्या गरिदिए बताए ।

अहिलेको तरलता संकटको बारेमा बोल्दै उनले भने, ‘२ हप्ताभित्र पुँजीगत खर्च व्यापक रुपमा गर्ने गरी तयारी भैरहेको छ। अहिले देखिएको तरलता संकटलाइ द्रुत गतिमा समाधान गरिने छ त्यसमा अर्थ मन्त्रालयले कुनै कसुर बाँकी राख्ने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?