आजबाट ‘नेपाल आइडल सिजन ४’ प्रसारण हुँदै

`

     २०७८ मंसिर २३ गते ५:५७

काठमाडौँ, २३ मंसिर । नेपालको चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को चौैथो सिजन बिहीबारबाट प्रसारण हुँदैछ । ‘नेपाल आइडल सिजन ४’ एपीवान टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार बेलुका साढे ८ बजेदेखि प्रसारण हुनेछ ।

बिहीबारको पहिलो भागमा अडिसन राउण्ड दर्शकमाझ देखाइने निर्माणपक्षले बताएको छ ।

‘नेपाल आइडल’ को चौथो सिजनमा निर्णायकहरु भने परिवर्तन भएका छन् । यो सिजनमा संगीतकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायकको रुपमा छन् ।

‘नेपाल आइडल सिजन ४ ’लाई आसिफ शाह र रेश्मा घिमिरेले होस्ट गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?