सुनचाँदीको मूल्य स्थिर

`

     २०७८ मंसिर २३ गते ५:३७

काठमाडौँ, २३ मंसिर । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार मूल्य तोक्दै स्थिर कायम भएको बताएको हो ।

स्थिर मूल्य कायम भएसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ छ । हिजो पनि सुनको कारोबार यही मूल्यमा भएको थियो ।

आज चाँदीको प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?