प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानून व्यवसायीको धर्ना, राजीनामा दिनुपर्ने, बिचौलियालाई कारवाही गर्नुपर्ने माग
काठमाडौँ, १९ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारी र कानून व्यवसायीहरुले आज पनि सर्वोच्च अदालतमा धर्ना दिएका छन् ।
कालो ब्यानरमा कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा आइबार पनि विरोध प्रदर्शन गरेका हुन । प्रर्दशनमा सहभागीहरुले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने, बिचौलियालाई कारवाही गर्नुपर्नेलगाएतमा माग राखेका थिए ।
हड्ताल गर्ने न्यायाधीशहरु र बारको आन्दोलनका अगुवाई गरेका अधिवक्ताहरु नै ईजलाशमा फर्किएपछि बारको आन्दोलन कमजोर देखिएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफुहरुको आन्दोलन ११ देखि १२ बजेसम्म भएकाले सो अवधिमा इजलास नराख्न आग्रह गरे ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा प्रदर्शन गर्दै आइरहेका छन् ।




