हप्ताको अन्तिम दिन पनि नेप्स ओरालो, २५ सयको वरिपरि झर्‍यो

`

     २०७८ मंसिर १६ गते १०:०६

काठमाडौँ, १६ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि घटेपछी २५८४ अंकमा झरेको छ ।

आज कारोबार अवधिभर जम्मा ७९ लाख कित्ता सेयर खरिद बिक्री भएर ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

करिब ५० अंकको गिरावट आएको दिन कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । घटेकामध्ये निर्जीवन बीमा समूहमा सबैभन्दा बढी २४५ अंकको, जीवन बीमा समूहमा २३० र विकास बैंक समूहमा १८९ अंकको गिरावट आएको छ । यस्तै, आज उत्पादनमूलक १४५ अंकले, वित्त समूहमा ७५ अंक, होटल र टुरिजम समूहमा ६२ अंकको गिरावट आएको नेप्सेले जानकारी दिएको छ ।

बजार घटेपनि आज सामलीङ पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । यस्तै, न्यादी हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?