दुधको मूल्य ह्वात्तै बढाइँदै

`

     २०७८ मंसिर ०९ गते २:५६
काठमाडौँ, मंसिर ९। दुधको मूल्य ह्वात्तै बढाइँदै छ । यसको लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गृहकार्य सुरु गरिसकेको छ ।
बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले दूधको मूल्य वृद्धि गर्ने विषयमा सरोकारवालासँग छलफल गरिसकेको र त्यसबारे मन्त्रालयलाई जानकारी गराइसकेपछि थप प्रव्रिmया अगाडि बढ्ने बताए । बोर्डसँग भएको छलफलमा किसान तथा उद्योगीले आआफ्नो तर्फबाट मूल्य प्रस्ताव गरेका छन्। प्रतिलिटर १४ रुपियाँ सम्म बढाउनुपर्ने प्रस्ताव अगाडी सारिएको छ ।
सरकारले चाहिँ ६ रुपियाँ प्रतिलिटर वृद्धि गर्ने मनस्थिति बनाएको छ। बोर्डले यी सबै प्रस्तावको बारेमा मन्त्रालयलाई जानकारी गराई सकेपछि थप अध्ययनका लागि एउटा समिति बनाउने र सो समितिले दिने प्रतिवेदनका आधारमा राष्ट्रिय दुग्ध विकास बोर्डले मूल्य वृद्धि गर्नेछ।
— गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?