१०२ कम्पनीको सेयर मूल्यमा वृद्धि

`

     २०७८ मंसिर ०८ गते १०:००
काठमाडौँ,  मङ्सिर –८। सेयर बजारको परिसूचक नेप्से बुधवार झिनो अङ्कमा हरियो रह्यो । १.८२ अङ्कले बढेसँगै परिसूचक २७३४ अङ्कमा कायम भएको छ भने कुल ४ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ ।
यसअघि मङ्गलवार भने ४ अर्ब १६ करोड रुपैयाँको धितो पत्र कारोबार भएको थियो ।
१०२ कम्पनीको सेयर मूल्य बढेको बेला ७६ कम्पनीको भने घट्यो । ९ कम्पनीको मूल्य स्थिर रह्यो ।सबैभन्दा धेरै मैलुङखोला जलविद्युतको मूल्य ९.४ प्रतिशतले बढ्यो । कर्णाली विकास बैङ्क र पञ्चकन्या माइ हाइड्रोको मूल्य ६ प्रतिशतले बढ्यो ।
बैङ्किङ उपसमूह ७, जीवन बिमा ६१ र व्यापार ३८ अङ्कले घटे । ती बाहेकका सबै उपसमूह बढेका छन् । विकास बैङ्क ४२, फाइनान्स ३५, होटल तथा पर्यटन २, जलविद्युत २३, उत्पादन २६, निर्जीवन बिमा ३६, अन्य ५ र माइक्रो फाइनान्स उपसमूह ३ अङ्कले बढे । धेरै रकमको कारोबार हुनेमा नेपाल टेलिकम अग्रस्थानमा रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?