ओली मिडिया प्रति असन्तुष्ट भन्छन्,‘सरकारले संविधान मिच्दा पनि मिडिया मौन छ’

`

     २०७८ आश्विन १२ गते ११:४१

काठमाडौँ, १२ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमको भूमिकालाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलबार सम्पादकहरुसँगको अन्तक्रिया कार्यक्रममा ओलीले सरकारले संविधान मिच्दा पनि मिडिया चुप लागेको आरोप लगाए ।

मिडियाले आलोचना नगर्दा सरकारले गल्ती गरिरहेको छ, उनले भने,’ हामीलाई सञ्चारले खबरदारी गरेको कारण गल्ती कम भयो ।,

उनले लोकतान्त्रिक प्रणालीप्रति चिन्ता उत्पन्न भएको पनि बताए । आफू प्रधानमन्त्री हुँदा निर्वाचन घोषणा गरेको विषय उठाउँदै ओलीले प्रतिगमन शब्दको दुरुपयोग भएको उल्लेख गरे । ‘प्रतिगमन शब्दको दुरुपयोग भयो । जनादेश जाने कुरा कसरी प्रतिगमन भयो? , उनको प्रश्‍न थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?