वृहद् नागरिक आन्दोलनद्वरा संविधान संशोधनको माग राख्दै काठमाडौंमा प्रदर्शन

`

     २०७८ आश्विन ०३ गते ११:२१

काठमाडौँ, ३ असोज । वृहद् नागरिक आन्दोलनले आइतबार संविधान संशोधनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरेको छ।

संविधान संशोधन मार्च नाम दिइएको उक्त प्रदर्शन माइतीघरबाट सुरू भएर नयाँ बानेश्वरस्थित संसद भवनअगाडिसम्म पुगेर सभामा परिणत भएको थियो।

सभामा विभिन्न समुदायबाट प्रतिनिधित्व गर्दै विभिन्न वक्ताहरूले बोलेका थिए। उनीहरूले अहिलेको संविधान कसरी विभेदकारी छ भन्नेबारे बताएका थिए।

सभामा सहभागीहरूले ‘असोज तीन, कालो दिन’, नश्लीय संविधान- मुर्दावादलगायतका नारा लगाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?