काठमाडौँ, २७ भदौ । आज नेपाल र बंगलादेश बिच दोस्रो मैत्रीपूर्ण आज हुँदैछ।
यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले २-१ को जित हात पारेको थियो।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजे सुरू हुनेछ।
एसिन कप छनोटमा नेपाल समूह एफमा रहेको छ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।




