काठमाडौँ, २५ भदौ । लियोनेल मेस्सीले पेलेको अन्तर्राष्ट्रिय गोलको रेकर्ड भङ्ग गरेको छ ।
आज भएको विश्व कप छनोट खेलमा अर्जेन्टिनाले बोलिभिया माथि जित निकाल्ने क्रममा मेस्सीले ३ गोल गरेसँगै मेस्सीले पेलेलाई पछि पार्दै दक्षिण अमेरिकाको सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । यस अघि दक्षिण अमेरिका महादेशको सर्वाधिक गोल कर्ताको रेकर्ड फुटबलको कालो मोती भनेर चिनिने पेलेको नाममा थियो । उनले ब्राजिललाई ३ पटक विश्व कप जिताउने क्रममा ९२ खेल खेलेर ७७ गोल गरेको थियो ।
ताजा अवस्थामा मेस्सीले १५२ खेल खेल्दै ७९ गोल गरेको छ । मेस्सीले पेले भन्दा २ गोल बढी गरिसकेको छ ।




