‘स्वतन्त्र निजामती कर्मचारी अभियान संघर्ष समिति’को प्रदर्शन, समायोजन ऐन सच्चाएर निजामती सेवा ऐन ल्याउन माग
काठमाडौं, २० भदौ । निजामती सेवा ऐन छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाउनुपर्ने भन्दै स्वतन्त्र निजामती कर्मचारी अभियान संघर्ष समितिले प्रदर्शन गरेको छ ।
‘निजामती सेवा ऐन खै रु’ भन्दै संघर्ष समितिले अभियानका रुपमा काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो । यसअघि समायोजन ऐन ल्याएर आफूहरुलाई विभिन्न स्थानमा पठाएको र अन्यौलमा पठाएको भन्दै समायोजन ऐन सच्चाएर निजामती सेवा ऐन ल्याउनुपर्ने उनीहरुको माग छ ।
कर्मचारी अभियान संघर्ष समितिका संयोजक पशुपति पोखरेलले निजामती कर्मचारीको समस्या समाधानका लागि ध्यानाकर्षण गराउन अभियान चलाएको बताए ।




