काठमाडौं, १८ भदौ। अर्जेन्टिनाले विश्वकप छनोटमा सहज जित निकालेको छ । आज (शुक्रबार) बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-१ ले पराजित गरेको हो ।
अर्जेन्टिनाको लागि लाउटरो मार्टिनेजले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । साथै जोआक्विनले ७१औं र न्जनले ७४औं मिनेटमा गोल गर्दै ३-० को अग्रता बनाएको थियो ।
भेनेजुएलाका लागि एफर्सन सोटेल्डोले दोस्रा हाफकोे इन्जुरी टाइममा एक गोल फर्काएका थिए ।




