एजेन्सी, १३ भदौ । लिओनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट आज डेब्यु गर्ने भएका छन् । प्रशिक्षक माउरिसियो पोचेटिनोले मेस्सी टोलीमा हुने पक्का गरेका छन् ।
मेस्सी (पिएसजी) अगस्ट १० मा अनुबन्धित भएका थिए। पिएसजी बाट मेस्सीको पहिले खेल हेर्न कारोडौ दर्शक पर्खाइमा रहेको बेला आज मेस्सी (पिएसजी) बाट पहिलो खेल खेल्ने भएका छन् । यो मेस्सीको (पिएसजी)का लागी पहिलो खेल हुने छ । म्याच फिटनेस नभएका कारण नै उनलाई तयार हुन समय दिइएको प्रशिक्षक पोचेटिनोले बताउँदै आएका थिए । मेस्सीले कोपा अमेरिका उपाधि जितेपछि झन्डै १ महिना विश्राम लिएका थिए । उनी पछिल्लो २ सातायता नियमित प्रशिक्षणमा छन् ।
राइम्म्सविरुद्ध आज मेस्सीसँगै नेयमार र किलियन एमबाप्पे पनि टोलीमा समेटिएका छन् । पिएसजीमा पहिलो पटक तीनै स्टार एकसाथ मैदानमा देखिने सम्भावना पनि रहेको छ ।
पिएसजी ३ खेलमा शत प्रतिशत जित निकाल्दै शीर्ष स्थानमा रहेको छ । राइम्म्सविरुद्ध गत सिजन पिएसजीले दुवै खेलमा सहज जित हासिल गरेको थियो । राइम्सले यस सिजन खेलेका तीनै खेलमा बराबरी खेल्दै ३ अंक जोडेको छ ।




