कुलमानको नियुक्ति विद्धमा परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश राणाको इजलासमा हुँदै

`

     २०७८ भाद्र ०८ गते ६:०३

काठमाडौं, ८ भदौ । निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजीको माग गर्दै हालेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा परेको छ ।

सो रिटमाथि मंगलवार सुनुवाई हुँदैछ । शाक्यले साउन ३२ गते घिसिङको नियुक्ती कानूनसम्मत् नभएको भन्दै आफूलाई पूनर्वहाली गर्न माग गर्दै रिट दायर गरेका थिए । सरकारले शाक्यलाई हटाएर घिसिङलाई नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?