नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

`

     २०७८ भाद्र ०७ गते ११:२४

काठमाडौ, ७ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सोमबार आज सार्वजनिक गरेको छ।

गत जेठ अन्तिममा नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचरले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुला गरेको थियो।

जसमा ५ सय बढी डिजाइन मध्ये आदर्श पोख्रेलले डिजाइन गरेको जर्सी अन्तिम छनोटमा परेको हो । पोख्रेललाई नगद १ लाख रुपैयाँ प्रदान गरिएको छ।

यो जर्सी अब नेपाली क्रिकेट टिमले ओमान भ्रमणको दौरान लगाउनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?