साउनमा पत्नी हत्याका नौ, परिवारजनबाट हत्याका चार, बलात्कारपछि हत्याको एक, हिरासतमा मृत्युका दुई, एक मानव अधिकार रक्षकसहित नौ जनालाई कुटपिट गरिएको, जातीय विभेदका घटना ३ , पुरुषलाई गरिएको यौन दुव्र्यवहारको घटनामा १ र १५ घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।

तीमध्ये बाल अधिकार उल्लङ्घनका घटना ५१ भएको प्रवितेदनमा छ । अभिलेखित घटनामध्ये बलात्कार ३९, यौन दुव्र्यवहार १०, बेचबिखन १ र बेचबिखन प्रयासको घटना १ भएको इन्सेकले जनाएको छ ।

यस्तै महिला अधिकार उल्लङ्घनका घटना ३९ भएको अध्ययनले देखाएको छ । बलात्कारका घटना २०, बलात्कार प्रयास पाँच, यौन दुव्र्यवहार ३, जबर्जस्ती यौन कार्यमा लगाइएको १, एसिड प्रहार १, ‘बोक्सी’ आरोप १ र घरेलु हिंसा ३ भएको इन्सेकको उक्त प्रतिवेदनमा उल्लेख छ ।

" /> साउन महिनामा १ सय ४२ मानव अधिकार उल्लङ्घन - Sarbocha Media

साउन महिनामा १ सय ४२ मानव अधिकार उल्लङ्घन

`

     २०७८ भाद्र ०७ गते ९:१०

काठमाडौँ, ७ भदौ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत साउनमा १४२ मानव अधिकार उल्लङ्घन भएका जनाएको छ । इन्सेकले आज सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदनअनुुसार १०८ महिला र ३४ पुरुषमाथि मानव अधिकार उल्लङ्घनका घटना भएका हुन् ।

इन्सेकले गरेको अध्ययनअनुसार राज्यपक्षबाट चार र अन्य पक्षबाट १३८ पीडित भएका जनाएको छ । त्यसमध्ये प्रदेश नं १ मा २५, प्रदेश नं २ मा ४९, लुम्बिनी प्रदेशमा १९, गण्डकी प्रदेशमा १७, कर्णाली प्रदेशमा १५, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा छ-छ जना पीडित भएका छन् ।

साउनमा पत्नी हत्याका नौ, परिवारजनबाट हत्याका चार, बलात्कारपछि हत्याको एक, हिरासतमा मृत्युका दुई, एक मानव अधिकार रक्षकसहित नौ जनालाई कुटपिट गरिएको, जातीय विभेदका घटना ३ , पुरुषलाई गरिएको यौन दुव्र्यवहारको घटनामा १ र १५ घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।

तीमध्ये बाल अधिकार उल्लङ्घनका घटना ५१ भएको प्रवितेदनमा छ । अभिलेखित घटनामध्ये बलात्कार ३९, यौन दुव्र्यवहार १०, बेचबिखन १ र बेचबिखन प्रयासको घटना १ भएको इन्सेकले जनाएको छ ।

यस्तै महिला अधिकार उल्लङ्घनका घटना ३९ भएको अध्ययनले देखाएको छ । बलात्कारका घटना २०, बलात्कार प्रयास पाँच, यौन दुव्र्यवहार ३, जबर्जस्ती यौन कार्यमा लगाइएको १, एसिड प्रहार १, ‘बोक्सी’ आरोप १ र घरेलु हिंसा ३ भएको इन्सेकको उक्त प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?