१४ दिनदेखि ज्ञानराज राई, पुष्पा घले र धनबहादुर गुरुङ बेलायती प्रधानमन्त्री कार्यालय अगाडी आमरण अनशनमा बसेको भएपनि बेलायत सरकार र नेपाल सरकारले माग पुरा गर्न र जीवन बचाउन चासो नराखेको भन्दै संघर्ष समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

आफूहरु समान तलव, भत्ताको लागि विगत ३२ वर्षदेखि आन्दोलनरत भएपनि नेपाल सरकार यस विषयमा नबोलेको उनिहरुको भनाइ छ । आमरण अनशनरत व्यक्तिहरुको जीवन खतरामा रहेकोले उनले जीवन रक्षाको माग पनि गरे ।

मानव अधिकारको विपरित गोर्खा ब्रिटिश आर्मीहरूलाई विभेद हुनु अन्यायपूर्ण भएकाले यो असमानतालाई सदाको लागि समाप्त गर्नुपर्ने आफुहरुको माग गरेको विमला तिम्खेवाले बताए ।

" /> भूतपूर्व ब्रिटिश गोर्खाद्धरा माइतीघरमा प्रदर्शन - Sarbocha Media

भूतपूर्व ब्रिटिश गोर्खाद्धरा माइतीघरमा प्रदर्शन

`

     २०७८ भाद्र ०३ गते ९:१४

काठमाडौँ, ३ भदौ । भूतपूर्व ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिले तलव, भत्ता तथा सेवा, सुविधामा समानताको माग गर्दै बेलायतमा आमरण अनशन व्यक्तिहरुको जीवन रक्षाकोलागि बिहीबार राजधानीमा प्रदर्शन गरेका छन् ।

१४ दिनदेखि ज्ञानराज राई, पुष्पा घले र धनबहादुर गुरुङ बेलायती प्रधानमन्त्री कार्यालय अगाडी आमरण अनशनमा बसेको भएपनि बेलायत सरकार र नेपाल सरकारले माग पुरा गर्न र जीवन बचाउन चासो नराखेको भन्दै संघर्ष समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

आफूहरु समान तलव, भत्ताको लागि विगत ३२ वर्षदेखि आन्दोलनरत भएपनि नेपाल सरकार यस विषयमा नबोलेको उनिहरुको भनाइ छ । आमरण अनशनरत व्यक्तिहरुको जीवन खतरामा रहेकोले उनले जीवन रक्षाको माग पनि गरे ।

मानव अधिकारको विपरित गोर्खा ब्रिटिश आर्मीहरूलाई विभेद हुनु अन्यायपूर्ण भएकाले यो असमानतालाई सदाको लागि समाप्त गर्नुपर्ने आफुहरुको माग गरेको विमला तिम्खेवाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?