काठमाडौं, १ भदौ । एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गत समूह एफमा रहेको नेपालले पहिलो खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल संघले जनाएको छ ।
छनोट अन्तर्गत नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल हङकङसँग सेप्टेम्बर २१ मा खेल्नेछ ।
फिलिपिन्स र हङकङ दुवै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् ।
छनोटका सबै खेल उज्वेकिस्तानको जेएआर स्टेडियम तास्केन्तमा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।
एसियन कप- २०२२ जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा हुनेछ । अहिले नेपालले छनोटका लागि बन्द प्रशिक्षणमा २८ खेलाडीले तयारी गरिरहेको छ ।




