एजेन्सी, २४ साउन । पूर्वकप्तान लियोनेल मेसी आफैँले बोलाएको पत्रकार सम्मेलन शुरू हुनुअघि नै भावुक बनेका छन् ।
बार्सिलानोबाट बिदा हुने निश्चित भएका क्लबका उनले नेपाली समय अनुसार ३ः४५ बजे बार्सिलोनाको स्टेडियम क्याम्प नोउमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।
मेसी पोडियममा आइपुग्दै भावविह्वल बनेर रूँदै गरेका देखिएका हुन् । उनी रोएको देखेर हलमा रहेका पत्रकार र समर्थकको आँखामा पनि आँशु देखिएको छ ।




